Sunshine Social Development Organization

Buddhabhumi -10, Chetradei Kapilvastu, State-5

सनशाइन सामािजक विकास सँस्थाकाे २३ अैा साधारण सभा सम्पन्न

कपिलबस्तु, भाद्र ३०

सनशाईन सामाजिक विकास सँस्थाकाे २३ औँ वार्षिक साधारण सभा २०७८ साल भाद्र ३० गते सँस्थाकाे कार्यालय बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७७।०७८ मा सँस्थाको प्रगाति प्रतिवेदन संस्थाका सचिव दिलीप कुमार यादवले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सँस्थाका कोषाध्यक्ष कृष्ण मोहन केवटले प्रस्तुत गर्नुभएको थियो । सनशाईन सामाजिक विकास संस्थाकाे आगामी आ‍‍र्थिक बर्ष २०७८।०७९ काे लागि बार्षिक याेजना सँस्थाका अध्यक्ष राम सेवक यादवले प्रस्तुत गर्नु भएकाे थियाे । सँस्थाका उपाध्याक्ष बिन्दबासिनी हरिजनको स्वागत मन्तव्य रहेकाे उक्त कार्यक्रमकाे अध्यक्षता सँस्थाका अध्यक्ष रामसेवक यादवकाे थियाे भने सञ्चालन सचिव दिलीप कुमार यादवले गर्नु भएकाे थियाे। सँस्थाकाे स्थापना दिवसकाे उपलक्ष्यमा साधारण सभाकाे एकदिन अगाडी २९ गते रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । उक्त रक्तदान कार्यक्रममा विभिन्न २९ जना व्यक्तित्वहरुले रक्तदान गरेका थिए ।

साधारण सभामा सँस्थाकाे प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, बार्षिक याेजना, पञ्चबर्षिय रणनैतिक याेजना, गुनासाे सुनुवाइ सँयन्त्र निर्देशिका अनुमाेदन भएकाे थियाे ।

उक्त साधारण सभामा अध्यक्ष रामसेवक यादवले कार्यव्यस्तताका कारण देखाइ राजिनामा दिएकाले रिक्त अध्यक्ष पदमा पूर्व अध्यक्ष शिवलाल यादवलाइ छनाैट गरेकाे थियाे । साथै कार्यसमितिले एक बर्षमा गरेका सबै कार्यहरुकाे अनुमाेदन गरेकाे थियाे ।

सनशाइन सामाजिक विकास स‌स्थाकाे कार्यसमिति पदाधिकारी, कर्मचारी र यू एम एन बीच त्रैमासिक बैठक