Sunshine Social Development Organization

Buddhabhumi -10, Chetradei Kapilvastu, State-5

बहस कार्यक्रममा स्थानिय वासीहरुको सहभागिता

कपिलवस्तुको यशोधरा गाउँपालिका वार्ड नं. १ रजवापुर चौकमा आज २०७५ फाल्गुन ९ गते दलित समुदायको राज्यको अधिकारिक निकायमा पहुँच र स्थानिय समुदायमा दलितले छुवाछुतको क्षेत्रमा भोग्दै आएको समस्या बारे रेडियो बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्यनालिस्टको रुपमा वाडाध्याक्ष शिवपुजन पासी , अधिकारकर्मी प्रिति रैदास र प्रहरी नायब उपरिक्षक रबि रावल रहनु भएको थियो ।
बहस कार्यक्रममा १ सय बढी स्थानिय वासीहरुको सहभागिता रहेको थियो । गैर दलित समुदाय बाट आफुहरुप्रति भईरहेको छुवाछुतको बिषयमा र राज्य बाट प्राप्त हुने सेवासुबिधाहरु बाट आफुहरु बन्चितरहेको कुरा खुलेर बहस गरेका थिए ।

?